आइतबार, १६ अगस्ट २०२६
ताजा अपडेट

बागमती प्रदेशका सामुदायिक विद्यालयका शिक्षकका लागि एक महिने प्रमाणीकरण तालिम सञ्चालन हुने

लेखक / संवाददाता

January 29, 2026

बागमती प्रदेशका सामुदायिक विद्यालयका शिक्षकका लागि एक महिने प्रमाणीकरण तालिम सञ्चालन हुने

सामुदायिक विद्यालयका शिक्षकका लागि एक महिने प्रमाणीकरण तालिम

हेटौँडा । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा तालिम केन्द्रले प्रदेशभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूका लागि एक महिने प्रमाणीकरण तालिम सञ्चालन गर्ने भएको छ।

शिक्षक पेसागत विकास प्रारूप, २०८० (परिमार्जित संस्करण) अनुसार सञ्चालन हुने उक्त तालिममा हालसम्म सहभागी नभएका शिक्षकहरूलाई आफ्नो विवरण प्रविष्ट गर्न केन्द्रले अनुरोध गरेको छ। शिक्षा तालिम केन्द्रले प्रकाशित गरेको सूचनाअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार यो तालिम सञ्चालन हुन लागेको हो।

तालिम १५ दिन तालिम केन्द्रमा१५ दिन कार्यरत विद्यालयमै आधारित (प्रयोगात्मक) रूपमा सञ्चालन गरिने जनाइएको छ। तालिममा सहभागिताका लागि शिक्षकहरूले आफ्नो विवरण अनिवार्य रूपमा गुगल फाराममार्फत पेश गर्नुपर्नेछ।

May be an image of ticket stub and text

सञ्चालन हुने तालिमका प्रकार

शिक्षा तालिम केन्द्रले विभिन्न तह र विषयमा आधारित तालिम सञ्चालन गर्ने जनाएको छ। सूचनाअनुसार निम्न तालिमहरू सञ्चालन हुनेछन्:

  • प्रारम्भिक बालविकास तथा शिक्षा
  • एकीकृत पाठ्यक्रममा आधारित तालिम
  • कक्षा ४–५ का अनिवार्य विषयमा आधारित तालिम
  • कक्षा ६–८ का अनिवार्य विषयमा आधारित तालिम
  • कक्षा ९–१० का अनिवार्य विषयमा आधारित तालिम
  • कक्षा ११–१२ का अनिवार्य विषयमा आधारित तालिम
  • प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम

तालिम आमनेसामने (भौतिक)अनलाइन दुवै माध्यमबाट सञ्चालन हुने जनाइएको छ। एक समूहमा आमनेसामने ३० जना र अनलाइन ५० जनासम्म सहभागी रहने व्यवस्था गरिएको छ।

सहभागी छनोटको आधार

सूचनाअनुसार तालिममा सहभागिता नियुक्ति मिति, विद्यालयमा कार्यरत अवस्था तथा अघिल्लो तालिम सहभागिताका आधारमा तय गरिनेछ। यसअघि तालिममा सहभागी भइसकेका शिक्षकहरूलाई भने यो चरणमा प्राथमिकता नदिइने उल्लेख छ।

विवरण प्रविष्ट गर्ने अन्तिम मिति

हालसम्म तालिममा सहभागी नभएका शिक्षकहरूले गुगल फाराममार्फत विवरण अनिवार्य रूपमा प्रविष्ट गर्नुपर्ने र तोकिएको समयभित्र फाराम नभरिएमा तालिम सहभागिताबाट वञ्चित हुन सक्ने शिक्षा तालिम केन्द्रले जनाएको छ।

विवरण सङ्कलनका लागि गुगल लिङ्क

🔗 https://forms.gle/CtDzm3NWxty3AGE37

शिक्षा तालिम केन्द्रका अनुसार यो तालिमले शिक्षकको पेसागत दक्षता अभिवृद्धि, शिक्षण–सिकाइ प्रक्रिया सुधार तथा विद्यालय शिक्षाको गुणस्तर उकास्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *