आइतबार, १६ अगस्ट २०२६
ताजा अपडेट

साइबर सुरक्षा तथा सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न

लेखक / संवाददाता

January 29, 2026

डिजिटल संसारको सुरक्षित र सही प्रयोगबारे सचेतना फैलाउने उद्देश्यले CAN मकवानपुरद्वारा आयोजित साइबर सुरक्षा तथा सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

मकवानपुर । डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै साइबर जोखिमबारे समाजलाई सचेत बनाउने उद्देश्यले आयोजित साइबर सुरक्षा तथा सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमले डिजिटल संसारको सही, सुरक्षित र जिम्मेवार प्रयोगतर्फ समाजलाई अघि बढाउने लक्ष्य लिएको आयोजकले जनाएको छ।

May be an image of one or more people, people studying, television and text

कार्यक्रम CAN मकवानपुर को आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा साइबर सुरक्षा, अनलाइन ठगीबाट बच्ने उपाय, सामाजिक सञ्जालको सुरक्षित प्रयोग तथा डिजिटल जिम्मेवारीका विषयमा सहभागीहरूलाई जानकारी दिइएको थियो।

कार्यक्रम सफल बनाउन नेपाल प्रहरी तथा बालबोध माध्यमिक विद्यालय ले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। आयोजकका अनुसार विभिन्न सहयोगी संस्थाको समन्वयले कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न हुन सकेको हो।

May be an image of one or more people, people studying and text

CAN मकवानपुर परिवारले साइबर सुरक्षा र डिजिटल सचेतनाका यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। डिजिटल प्रविधिको सुरक्षित प्रयोगमार्फत समाजलाई सचेत र सुरक्षित बनाउने प्रयास निरन्तर जारी रहने जनाएको छ।

May be an image of one or more people and text
शेयर गर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *