आइतबार, १६ अगस्ट २०२६
ताजा अपडेट

हेटौँडा उपमहानगरपालिकाका विभिन्न वडामा डिना उपाध्यायको कार्यकर्ता भेटघाट कार्यक्रम

लेखक / संवाददाता

January 29, 2026

हेटौँडा उपमहानगरपालिकाका विभिन्न वडामा डिना उपाध्यायको कार्यकर्ता भेटघाट कार्यक्रम

हेटौँडा । नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधिसभा उम्मेदवार डिना उपाध्याय ले हेटौँडा उपमहानगरपालिकाका विभिन्न वडाहरूमा पार्टी कार्यकर्तासँग भेटघाट कार्यक्रम सञ्चालन गरेकी छन्। डिना उपाध्याय सचिवालयको पहलमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय कार्यकर्ता, अगुवा र समर्थकहरूसँग प्रत्यक्ष संवाद गरिएको हो।

भेटघाटका क्रममा उपाध्यायले पार्टी संगठनलाई थप मजबुत बनाउँदै जनतासँगको सम्बन्ध सुदृढ गर्न कार्यकर्ताको भूमिका महत्वपूर्ण रहेको बताइन्। उनले हेटौँडाका विभिन्न वडामा रहेका स्थानीय समस्या, जनअपेक्षा र विकासका सम्भावनाबारे कार्यकर्ताबाट प्रत्यक्ष सुझाव संकलन गरिन्।

May be an image of one or more people, dais and text

कार्यक्रममा सहभागी कार्यकर्ताहरूले पार्टी नेतृत्व प्रत्यक्ष रूपमा वडास्तरसम्म आइपुगेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा संगठन विस्तार र जनसम्पर्क अभियानलाई अझ सक्रिय बनाउने प्रतिबद्धता जनाएका थिए।

डिना उपाध्याय सचिवालयका अनुसार यस्ता भेटघाट कार्यक्रमले कार्यकर्ताबीच एकता, उत्साह र समन्वय बढाउने विश्वास लिइएको छ। आगामी दिनमा हेटौँडा उपमहानगरपालिकाका अन्य वडाहरूमा पनि भेटघाट तथा संवाद कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको जनाइएको छ।

शेयर गर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *