ताजा अपडेट
ताजा समाचार १४ कात्तिक २०८३ • १ मिनेट पठन

सरकारद्वारा एन प्याब्सन निलम्बन

जनदृष्टि प्रेस

१४ कात्तिक २०८३

काठमाडौं : सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) लाई निलम्बन गरेको छ ।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम मन्त्रालयबाट दिइएको निर्देशन बारम्बार पालना गरेको नदेखिएको भन्दै एन प्याब्सनलाई निलम्बन गर्ने निर्णय गरेको जनाएको छ ।

मन्त्रालयले संगठनका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्य विपरितका कार्यहरूसमेत गरेको देखिएको पनि सूचनामा उल्लेख गरेको छ ।

शेयर गर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *