ताजा अपडेट
National १४ कात्तिक २०८३ • १ मिनेट पठन

पक्राउ गरिएका पत्रकारलाई रिहा गर्न प्रधानमन्त्रीको निर्देशन

जनदृष्टि प्रेस

१४ कात्तिक २०८३

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले सञ्चारगृहमा प्रहरी प्रवेश गरेर पक्राउ गरिएका पत्रकारलाई रिहा गर्न निर्देशन दिएका छन् । 

प्रधानमन्त्री शाहकी सञ्चार तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्रीले सम्बन्धित निकायलाई सञ्चारगृहमा प्रहरी प्रवेश गरेर पक्राउ गरिएका पत्रकारलाई रिहा गर्न निर्देशन दिएका हुन् ।

दाहालले पत्रकार पक्राउको घटनामा प्रधानमन्त्री र उनको सचिवालय तथा कार्यालयको संलग्नता नरहेको र पूर्वजानकारी समेत नरहेको दाबी गरेकी छन् ।

शेयर गर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *