आइतबार, १६ अगस्ट २०२६
ताजा अपडेट

मनहरी–३ घट्टेदमारमा महेश बर्तौलाको जनसम्पर्क अभियान, स्थानीय समस्या सुन्दै नीतिगत समाधानको प्रतिबद्धता

लेखक / संवाददाता

January 29, 2026

MAHESH BARTAULA WITH AGRICULTURE GROUND

MAHES GOING ON GRASS ROOOT

मनहरी (मकवानपुर) । आसन्न निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) का नेता तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेश बर्तौला ले मनहरी गाउँपालिका–३, घट्टेदमारमा व्यापक जनसम्पर्क तथा भेटघाट कार्यक्रम सञ्चालन गरेका छन्। उनले स्थानीय बासिन्दा, अगुवा व्यक्तित्व, पार्टी कार्यकर्ता तथा समर्थकहरूसँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्या, आवश्यकता र विकासका अपेक्षाबारे जानकारी लिएका हुन्।

भेटघाटका क्रममा बर्तौलाले जनताको घरदैलोमै पुगेर उनीहरूको दैनिक जीवनसँग जोडिएका विषय सुन्ने अवसर पाएको बताए। भूमि समस्या, मध्यवर्ती क्षेत्रका कारण उत्पन्न चुनौती, रोजगारीको अभाव, कृषि र पूर्वाधार विकासजस्ता मुद्दा स्थानीयले प्रमुख रूपमा उठाएका थिए। बर्तौलाले यी विषयहरू समाधानका लागि नीतिगत सुधार र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको धारणा व्यक्त गरे।

उनले प्रतिनिधिसभाको भूमिकाबारे प्रस्ट पार्दै भने, “सांसदको मुख्य जिम्मेवारी भनेको नीति निर्माण हो। नीति सही दिशामा बने भने स्थानीय तहका धेरै समस्या दीर्घकालीन रूपमा समाधान गर्न सकिन्छ।” बर्तौलाले भूमि तथा मध्यवर्ती क्षेत्रसम्बन्धी समस्या आफूले प्राथमिक एजेन्डाका रूपमा अघि सारेको उल्लेख गर्दै यसमा आवश्यक कानुनी र नीतिगत सुधारका लागि संसद्मा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए।

भेटघाट कार्यक्रममा सहभागी स्थानीय बासिन्दाले बर्तौलाको प्रत्यक्ष उपस्थितिलाई सकारात्मक रूपमा लिँदै आफ्ना कुरा खुला रूपमा राख्ने अवसर पाएको प्रतिक्रिया दिएका थिए। उनीहरूले जनप्रतिनिधि जनतासँग यसरी प्रत्यक्ष संवादमा आउनु सकारात्मक अभ्यास भएको बताएका छन्।

बर्तौलाले जनतासँगको संवादले आफूलाई थप जिम्मेवार बनाएको भन्दै आगामी दिनमा पनि यस्ता भेटघाटलाई निरन्तरता दिने बताए। “जनताको विश्वास र साथ नै मेरो सबैभन्दा ठूलो शक्ति हो,” उनले भने, “जनताको आवाजलाई नीति र कार्यक्रममार्फत सम्बोधन गर्न म प्रतिबद्ध छु।”

मनहरी–३ घट्टेदमारमा सम्पन्न यस जनसम्पर्क अभियानले स्थानीयस्तरमा एमालेको चुनावी गतिविधिलाई थप ऊर्जा दिएको पार्टी कार्यकर्ताहरूले बताएका छन्। बर्तौलाको सक्रियता र जनतामाझ पुग्ने शैलीले आगामी निर्वाचनमा सकारात्मक प्रभाव पर्ने उनीहरूको विश्वास छ।

शेयर गर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *