ताजा अपडेट
National १७ असोज २०८३ • २ मिनेट पठन

नवलपरासीमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १० जना घाइते

जनदृष्टि प्रेस

१७ असोज २०८३

काठमाडौं : नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् ।

नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस पूर्व–पश्चिम राजमार्गबाट नालामा पल्टिएको हो । प्रारम्भिक विवरणअनुसार चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको बताइएको छ ।

बसमा चालकसहित १८ जना सवार रहेकोमा ६ जनाको मृत्यु भएको, १० जना घाइते भएका छन् भने दुई जना सकुशल रहेका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्री रहेका छन् । अन्य पाँच जना मृतकको विवरण खुल्न बाँकी रहेको छ ।

शेयर गर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *