ताजा अपडेट
ताजा समाचार १७ असोज २०८३ • १ मिनेट पठन

६ दिनदेखि अवरुद्ध बेँसीशहर–चामे सडक सञ्चालनमा

जनदृष्टि प्रेस

१७ असोज २०८३

काठमाडौं : बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीशहर–चामे सडक सञ्चालनमा आएको छ ।

नासोंँ गाउँपालिका– ३, खोत्रो र चामे गाउँपालिका– ५, कोतोमा खसेको पहिरो तथा सडकमा थुप्रिएको ढुङ्गामाटो हटाएपछि सडक सञ्चालनमा आएको डुम्रे–बेँसीशहर–चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिए ।

बाढीपहिरोका कारण बेँसीशहर–चामे सडकका विभिन्न खण्डमा पहिरो खस्नुका साथै कतिपय स्थानमा सडक भासिएको थियो । सडक सञ्चालनमा आएसँगै मनाङतर्फ खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री ढुवानी तथा आवागमन सहज भएको छ ।

शेयर गर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *