काठमाडौं : मनास्लु क्षेत्रमा पर्ने हिमलुङ हिम पहिरोमा परेकामध्ये चार जनाको शव फेला परेको छ ।
नेपाल राष्ट्रिय पर्वतीय पथप्रदर्शक संघ (एनएनएमजीए)का अनुसार हिमलुङ हिम पहिरो क्षेत्रमा आज उद्धार तथा खोजीका क्रममा चार जनाको शव भेटिएका हुन् ।
उद्धार टोलीका संयोजक तथा आईएफएमजीए माउन्टेन गाइड पासाङ काजी शेर्पाका अनुसार अत्यन्त कठिन भौगोलिक तथा मौसमी परिस्थितिका बीच खोज तथा शव निकाल्ने कार्य जारी छ ।
एनएनएमजीएको खोज तथा उद्धार टोलीले हिमालयन होलिडेजसँगको समन्वयमा उद्धार अभियान सञ्चालन गरिरहेको छ ।
टोलीमा आईएफएमजीए माउन्टेन गाइड पासाङ काजी शेर्पा र विक्रम कार्कीसहित अनुभवी आरोहण गाइड तथा उद्धारकर्मीहरू सहभागी छन् ।
संघले घटनासम्बन्धी थप विवरण पुष्टि भएपछि सार्वजनिक गरिने जनाएको छ ।
हिमलुङ हिमालको आधार शिविरमा आएको हिम पहिरोमा परेका १६ जनामध्ये ११ जनाको शव फेला परेको छ । अझै पाँच जना बेपत्ता छन् ।

