ताजा अपडेट
National २३ असोज २०८३ • १ मिनेट पठन

सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहाल बर्खास्त

जनदृष्टि प्रेस

२३ असोज २०८३

काठमाडौं : सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहाललाई बर्खास्त गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले सेवाबाट हटाउनेगरी विभागीय कारबाही गरिएको जानकारी दिए ।

आचरण सम्बन्धी विषय पटक पटक उल्लंघन गरेको, अनुशासनहीन काम गरेको तथा नेपाल सरकार वा आफू कार्यरत संगठनको मानप्रतिष्ठा एवं छविमा आँच पुर्‍याउने कार्य गरेको कसुरमा दाहाललाई सेवाबाट हटाउने गरी विभागीय कारबाही गरेको गृह मन्त्रालयले जनाएको छ ।

गत असोज १९ गते सरकारले संवेदनशील सूचना चुहावट गरेको भन्दै उनलाई पदबाट निलम्बन गरेको थियो ।

शेयर गर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *