ताजा अपडेट
राजनीति २६ असोज २०८३ • २ मिनेट पठन

घेराबन्दी अझै सकिएको छैन : ओली

जनदृष्टि प्रेस

२६ असोज २०८३

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूमाथिको राजनीतिक घेराबन्दी अझै जारी रहेको बताएका छन् । सोमबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय सदस्यहरूको शपथ समारोहलाई सम्बोधन गर्दै उनले आगामी चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने बताए ।

ओलीले लोकतन्त्र, स्वाधीनता र स्वतन्त्रताको पुनःप्राप्तिका लागि बलजफ्ती र दमनको प्रतिवाद गर्नुपर्ने धारणा राखे । निहत्था जनतालाई हतियार र संगठित बल प्रयोग गरेर दबाइए त्यसविरुद्ध उत्रिनुपर्ने बताउँदै उनले आगजनी र लुटपाटलाई आन्दोलन भन्न नमिल्ने स्पष्ट पारे ।

आगामी निर्वाचनमा पनि एमालेविरुद्ध घेराबन्दी जारी रहने दाबी गर्दै ओलीले विगतमा पनि आफ्नो पार्टीमाथि घेराबन्दी र कब्जाको प्रयास भएको आरोप लगाए ।

शेयर गर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *