ताजा अपडेट
National ८ मंसिर २०८३ • २ मिनेट पठन

पारस्परिक सम्मान र अटल विश्वास नेपाल–भारत सम्बन्धको अभिन्न अंग : प्रधानमन्त्री शाह

जनदृष्टि प्रेस

८ मंसिर २०८३

नयाँ दिल्ली : प्रधानमन्त्री वालेन्द्र शाहले पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल–भारत सम्बन्धका अभिन्न अंग भएको बताएका छन् ।

दुई दिने भारत भ्रमणका क्रममा सोमबार नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् ।

उनले नेपाल–भारतबीच भएको छलफलमा दीर्घकालीन महत्वका विषयमा सहकार्य र साझेदारी अघि बढाइएको बताए । साथै, विभिन्न समझदारी र शिलान्यास गरिएका परियोजनाको प्रतिफल किसानको खेतमा समृद्धिका रूपमा देखिनुपर्ने उनको भनाइ थियो ।

‘युवाको हातमा रोजगारी र अवसरका रूपमा पुग्नुपर्छ । विद्यार्थीका सपना नयाँ सम्भावनामा बदलिनुपर्छ भने उद्यमीले बजार र लगानी विस्तार गर्न सक्नुपर्छ,’ प्रधानमन्त्री शाहले भने ।

उनले दुई देशबीच भएका समझदारीले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वाससमेत व्यक्त गरे ।

शेयर गर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *