ताजा अपडेट
राजनीति २२ असोज २०८३ • २ मिनेट पठन

एमाले स्थायी कमिटी सुरु, ११ वर्षपछि एमाले बैठकमा विद्यादेवी भण्डारी

जनदृष्टि प्रेस

२२ असोज २०८३

काठमाडौं : नेकपा एमालेको ११औं महाधिवेशनपछि गठित स्थायी कमिटीको पहिलो बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो ।

बैठकमा पूर्वराष्ट्रपति एवं वरिष्ठ नेता विद्यादेवी भण्डारी सहभागी भएकी छन् । ११ वर्षपछि एमालेको वरिष्ठ नेताका रूपमा पूर्वराष्ट्रपति भण्डारी बैठकमा सहभागी भएकी हुन् ।

यही असोज ५ देखि ८ गतेसम्म ललितपुरको भनिमण्डलमा बसेको एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको थियो ।

स्थायी कमिटी बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, पार्टीको आगामी कार्यदिशा तथा साङ्गठनिक गतिविधिका विषयमा छलफल हुने जनाइएको छ ।

शेयर गर्नुहोस्:

Leave a Reply

Your email address will not be published. Required fields are marked *